Public Pana
एनसेल प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डद्वारा गठबन्धनको बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन आज मङ्गलवार महोत्तरी पुगेका उनले आजै साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


बैठकका लागि उनी काठमाडौँ फर्कँदै छन् ।


कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update