Public Pana
भोली एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्ने 

एनसेलको शेयर खरिद–बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ ।


उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्था (एनसेल) को सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो ।


भोली बुधबार दिउँसो २ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुनेछ।


मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको बताएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update