Public Pana
छानबिन समितिले लियो राहुल महरासँग बयान

सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसँग बयान लिएको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुलसँग मंगलबार दिउँसो समिति कार्यालय सिंहदरबारमा बयान लिइएको हो । 


भेप सुन प्रकरणमा मुछिएका उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । उनलाई थुनाबाटै सिंहदरबार पु¥याएर बयान लिइएको समितिका एक सदस्यले लोकान्तरलाई जानकारी दिए । 


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update