Public Pana
भेरी डाइभर्सन आयोजना एमाले अध्यक्ष ओलीद्धारा अवलोकन  

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजनाको अवलोकन गरेका छन् ।

उनले आज मंगलवार अवलोकन  गर्दै निर्माणकर्तालाई गुणस्तरीय काम गर्न आग्रह गरे ।

महाकाली–मेची संकल्प यात्राका क्रममा रहेका ओलीले निर्माणको काममा केही ढिलाइ भएको भए पनि अब चाँडो काम सम्पन्न हुने आशा व्यक्त गरे ।

सुर्खेतस्थित भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो । 
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको जाजरकोट र रुकुमतिर लाग्ने कार्यक्रम छ । 

भेरी बबई डाइभर्सनको ‘ब्रेक थ्रू’ ओली प्रधानमन्त्री भएकै पालामा भएको थियो । 

एमालेको मध्यपहाडी संकल्प यात्रा बैतडीको झुलाघाटबाट शुरू भएको हो । पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update