Public Pana
‘हेर्न नभ्याइने’ मा पर्यो टिकटक प्रतिबन्धविरुद्धका रिट 

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’ भएका छन् ।


सर्वोच्च अदालतमा आजबाट पूर्ण सुनुवाइ हुने भनिए पनि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।


गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए ।


ती रिटमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले आज (मंगलबार)का लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो ।


न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश गरेको थियो ।

सरकारले लिखित जवाफ दिइसकेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update