Public Pana
आज विश्व माटो दिवस  - नेपालमा पनि मनाइदै

स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ ।

सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो ।

नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाल पनि आज मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउँदैछ ।


‘विश्व माटो दिवस २०२३’ सो अवसरमा माटोमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ जना किसानलाई सम्मान गरिने माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा श्रीप्रसाद विष्टले बताए ।

नेपाली माटोमा भू–क्षय, अम्लीयपन, माटो बगेर जानु, विषादीको प्रयोगले माटो कडापन हुनु, माटोमा केही मात्रामा प्रदूषण हुनु, कृषि यन्त्रको प्रयोगले माटोको संरचना बिग्रिनु लगायत समस्या रहेको उनको भनाई छ ।

उनका अनुसार भू–क्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । १ दशमलव ४ एमएम माटोको माथिल्लो सतह बगेर जाने केन्द्रका प्रमुख विष्टले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update