Public Pana
रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भइसकेको  प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरू रुसी सेनामा मात्रै नभएको भन्दै युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको बताएका छन् । 


आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिए । 


‘रुसी सेनामा मात्र गएका छैनन् नेपाली, युक्रेनको तर्फबाट पनि लडेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रुसी सेनामा गएका ६ जनाको मृत्यु भइसकेको छ ।’
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update