Public Pana
शेयर कारोबार रकममा सुधार

शेयर कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेप्से परिसूचक नेप्सेमा झिनो अंकले घटेको छ । आज नेप्से ३.४२ अंकले घटेर १८४७.८१ विन्दुमा ओर्लिएको छ ।


हिजो आइतबारको तुलनामा सोमबार भने कारोबार रकममा सुधार आएको छ । आज दिनभरमा १ अर्ब १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।


समाज लघुवित्त, तेह्रथुम पावर, मोलुङ हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका लगानीकर्ताहरुले बढी कमाएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन एनर्जी, इङ्वा हाइड्रोपावर र इमर्जिङ नेपालका लगानीकर्ताहरुले बढी गुमाएका छन् ।
आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटाको घटेको छ। ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।


सोमबार सोनापुर मिनरल्स, हिमालयन डिस्टिलरी, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिवम् सिमेन्टको शेयर धेरै कारोबार भएको छ ।


नेप्से हिजो आइतबार पनि घटेको थियो । गत साता लगातार चार दिन घटेको नेप्से आइतबार ७.२९ अंकले घटेको थियो। सोमबार ९६ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update