काठमाडौंकै फार्मबाट गाई चोरी

काडमाडौं कीर्तिपुरको एउटा फार्मबाट गाई चोरी भएको छ ।
गए राति कीर्तिपुर नगरपालिका–४, सल्यानथानस्थित भागरथी कृषि फार्मबाट कोइरी प्रजातिको एउटा गाई चोरी भएको हो ।
गोठमा बाँधिएको गाई चोरी भएको कृषि फार्मका सञ्चालक भरतसिंह महताले जानकारी दिए । गाई चोरीबारे उनले प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका छन् ।
यसअघि समेत सोही गाई चोरीको प्रयास भएको महताको भनाइ छ ।
महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० १५:३८
प्रतिक्रिया दिनुहोस्