
डा. गोविन्द केसीले त्रिवी शिक्षण अस्पताल (टिचिङ हस्पिटलमा विभिन्न बहानामा अनशन बसेर आन्दोलन गर्ने बानिले उनि पछिका कर्मचारीले सिकेका छन् ।
विना खुवाई अनसन बस्ने डा. केसीलाई अस्पताल भर्ना गरेर भिटामिन खुवाउँदै तन्दुरुन्त बनाउने क्रम चलिरदा अहिलेका कर्मचारीले नाराबाजीका साथ आन्दोलित भएका छन् ।
टिचिङ हस्पिटलका कर्मचारीहरुले यस अघि प्राप्त गर्दै आएको सुविधा कटौती गरेपछि मैदानमा आन्दोलित भएका हुन् ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ शिक्षण अस्पताल इकाई समितिले अस्पतालमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी लगायत अन्यको सुविधा कटौती गरेको उनीहरूले बताएका छन् ।
मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन् ।
उनिहरुको प्रदर्शनले विरामीहरु मरमा परेका छन् । विहानैदेखि लाइन लागेर टिकट काटेका विरामी उपचार समयमा पाएका छैनन् ।
भर्ना भएका विरामीहरुले पनि नियमित निरिक्षणमा स्वास्थ्यकर्मी उपस्थित नभएको जनाएका छन् ।