Public Pana
कर्मचारी १७ प्रतिशत हटाउने पक्का

१७ प्रतिशत कर्मचारी हटाईने भएको छ ।


म्युजिक स्ट्रिमिङ प्लेटर्फम स्पोटिफाईले तेस्रो चरणको कटौतीअन्तर्गत सो कर्मचारीहरु हटाउने भएको हो । आउँदो चुनौतीको सामना गर्न कम्पनीको आकार महत्त्वपूर्ण रहेको कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत डेनियल एकले बताएका छन् ।


सुस्त आर्थिक वृद्धि र बढ्दो लागतलाई रोजगारी कटौतीको कारण भन्दै उनले कर्मचारीलाई एक ‘नोट’ पठाएका छन् ।स्पोटिफाईमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन् ।


कर्मचारी हटाउदा  बेरोजगारको सँख्या बढ्ने पक्का भएको छ । 
Spotify1701682510.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update