मंसिर २४ बाट ललितपुरको मंगलबजारमा फुटपाथ पसल राख्न रोक

ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रसम्म फुटपाथ पसल सञ्चालन गर्न रोक लगाउने भएको छ ।
महानगरपालिकाले सूचना प्रकाशित गरी सो क्षेत्रमा यही मंसिर २४ गतेदेखि फुटपाथ पसल सञ्चालन गर्न निषेध गरेको हो ।
‘महानगरपालिकाको व्यस्त स्थानहरूमा फुटपाथ पसलले गर्दा पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरूमा अवरोध परेको’ महानगरको भनाई छ ।
सूचना बमोजिम कार्य नगरेमा ललितपुर महानगरपालिकाद्वारा कानून बमोजिम हदैसम्म कारबाही गर्ने चेतावनीसमेत सूचनामार्फत सर्वसाधारणलाई दिइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० १४:३९
प्रतिक्रिया दिनुहोस्