Public Pana
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण 

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँचै जनालाई सपथ गराएका हुन् ।


मंसिर ५ गते न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यहरूमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई तोक्न मन्त्रिपरिषद्लाई परामर्श दिएको थियो । 


उनीहरू सबै उच्च अदालतका न्यायाधीश हुन् ।


विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update