Public Pana
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी

बाजुराको उच्च हिमाली भेगतिर गएरातिदेखि हिमपात सुरु भएको छ । 


बाजुराका उच्च हिमाली क्षेत्रमा हिमपात र बेंसीतिर हल्का पानी पर्न सुरु भएको हो । 

हिमपातको कारण चिसो बढेको बाजुराको गौमुल गाउँपालिका–१ अम्लिसका स्थानीयले बताएका छन् । 


भारत उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको कारण  यतिबेला नेपालको मौसम बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव छ । 

महाशाखाका मौसम विभागका अनुसार यतिबेला सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । 

लामो समयसम्म हिमपात भइरहे स्थानियवासीलाई समस्या पर्नेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update