Public Pana
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई एक पटकमा ५ लाख रुपैया दिने सरकारको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा गरेका छन् । 

नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात मन्त्री किरातीले जानकारी दिएका हुन ।

भैरहवा बिमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न एयरलायन्स कम्पनीहरुले रुचि नदेखाएपछि सरकारले उनीहरुलाई प्रोत्साहन गर्न यस्तो नीति ल्याउन लागेको मन्त्री किराँतीले जानकारी दिए । 

‘मन्त्री किरातीले भने ः भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्नेगरी हामी लागिरहेका छौं, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं, 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update