Public Pana
राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पौष २३ गते

राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसका लागि तय भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन गरिने र उम्‍मेदवारका लागि नाम फिर्ता लिन  पुस २७ गते तोकिएको छ ।

यस्तै उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने निर्वाचन आयोगले जनाएको छ । 

हेर्नुहोस आयोगको विज्ञप्ती 

Election commision1701603288.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update