Public Pana
स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा

स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।


सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ चमारटोलस्थित सीमा इलाकाबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको हो।

सोही जिल्लाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षीय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो।


भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो।

उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो।

 

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय, मार्डरमा बुझाइएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update