Public Pana
सान्चोको गोलमा युनाइटेडको जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।

युनाइटेडले गए राती घरेलु टोली लेस्टर सिटीमाथि १–० को कठिन जित निकाल्दै लिगमा लगातार तेस्रो जित दर्ता गरेको हो।

युनाइटेडको जितमा इंग्लिस युवा विंगर जेडान सान्चोको निर्णायक गोल गरे। उनले पहिलो हाफको २३औं मिनेटमा गोल गरेका थिए।

किङ पावर स्टेडियम लेस्टरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीलाई बल पोसेसन राख्दै दवाव सिर्जना गरे पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

सुरूआती दुबै खेल गुमाएको युनाइटेडले त्यसपछि लगातार तेस्रो जित निकालेको हो। योस्रो जितसँगै युनाइटेड ५ खेलबाट ९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। पराजित लेस्टर १ अंक जोडेर पुछारमा छ।

तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले ५ खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको अरको अपराजित टोली म्यान्चेष्टर सिटीको १३ अंक रहेको छ। समान खेलबाट ४ जित र एक बराबरी नतिजा निकालेको सिटी अंक तालिकाको दोस्रो स्थानमा रहेको हो।

अर्को अपराजित टोली टोटनह्यामले ५ खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update