Public Pana
नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईको दाबी
फाइल तस्बिर

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अध्यक्ष दुर्गा प्रसाईंले यही मंसिर ३० गतेभित्र ‘नागरिक सरकार’ गठन गरी गाउँदेखि केन्द्रसम्म विस्तार गरिने दाबी गरेका छन् । 

आज (आइतबार) बिहान पत्रकार सम्मेलन गरी प्रसाईंले नागरिक सरकार गठनको मिति घोषणा गरेका हुन्। 

प्रसाईंले पत्रकार सम्मेलनमा प्रसाईंले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरे।

‘वैदिक सनातन सापेक्ष मुलुक बनाई देसमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउने छौँ’, उनले भने, ‘फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौँ।’ 

फागुन १ बाट व्यवस्था परिवर्तनको आन्दोलनले गति लिने दाबी प्रसाईंले गरेका छन्। 

प्रसाईंले राजतन्त्रको वकालत गरिरहे पनि यही मंसिर ७ गते काठमाडौँको बल्खुमा उनको समूहले आयोजना गरेको कार्यक्रममा राजधानीमै रहेर पनि पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका थिएनन्। 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update