सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्यले उचाइ लिएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो।
आज आइतबार यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी रहेको महासंघले जनाएको छ। शुक्रबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको हो।
आज आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्