Public Pana
सर्लाहीमा मोटरसाइकल दुर्घटना बसले किचेर एकजनाको मृत्यु 

सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । 

गत राति शनिबार पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकीमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा उछिट्टिए सडकमा खसेका युवकलाई बसले किचेको हो। 

मृतक युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा  प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए। 

त्यहीबेला मलंगवाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update