Public Pana
इंग्लिस प्रिमियर लिग  :  न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ ।

गएराति सेन्ट जेम्स पार्क न्युक्यासलमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै न्युक्यासल विजयी बनेको हो । 

न्युक्यासलका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए । उनले खेलको ५५औँ मिनेटमा गरेको गोल नै न्युक्यासलको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै न्युक्यासल १४ खेलबाट २६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

पराजित भएको म्यानचेस्टर २४ अङ्कका साथ सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update