Public Pana
आज अपाङ्गता दिवस  : विशेष क्षमतासहितको  फरक ऊर्जायुक्त दिनको शुभकामना

"United in action to rescue and achieve the SDGs for, with and by persons with disabilities" यसको अर्थ अपाङ्गता भएका व्यक्तिहरूका लागि, र तिनीहरूद्वारानै सहश्राव्दी बिकास लक्ष्य प्राप्त गर्न उद्धार र पैरवीमा एकजुट हौं भन्ने हो ।

यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउनको लागि सन् २०२३ को विश्वव्यापी दिवसले निम्न विषयगत विषयहरूलाई तीन फरक अन्तरक्रियात्मक संवादहरूमा समेटेको छ ।

रोजगारीमा अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन
असमानता घटाउन अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन
अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन

र यी सबै बुँदाहरू सस्टेनेवल डिभेलपपमेन्ट गोलका हिस्साहरू हुन् ।

अपाङ्गताका विषयमा भइरहेका पैरवीहरू


समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यकता हो ।नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले अपाङ्गता कालागि धेरै परियोजना कानुनतः पैरवीहरू गरिरहेका छन् ।

अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गता कालागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ ।

प्रत्येक विद्यालयहरूमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः ब्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत–जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरूमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरिक उत्पादन गर्न सके वहाँहरूको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।

आफ्नो जीवनयापन कालागि अर्काको भर पर्न नपरेमा मात्र आत्म स्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तर्राष्ट्रिय समुदाय र गैरसरकारी संस्थाहरूको पनि अपाङ्गता भएका साथीहरूको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाइन्छ, जुन अत्यन्त राम्रो विषय हो ।

सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान व्यवहार पाइयोस् अनि सहज स्वास्थ्योपचार व्यवस्थित होस् । अपाङ्गता सोचले सीमित नहोस् अनि यसमा सबै साथीहरूको साथ, सहयोग अनि प्रतिबद्धता रहोस् ।

आज डिसेम्बर ३ को विशेष क्षमतासहितको यो फरक ऊर्जायुक्त दिन विशेषको शुभकामना ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update