Public Pana
दाङका १२ बर्षीय बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा


दाङको तुल्सिपुर उपमहानगरपालिका ७ गणेशपुर घर भएका १२ बर्षीय बालक आनन्द रेग्मी सात दिनदेखि वेपत्ता छन् ।

गत शनिबार घरबाट खेल्न भन्दै निस्किएका बालक काठमाडौं आइपुगेको सूचनाका आधारमा उनका बाबु जिवराज रेग्मी राजधानीमा छोरा खोज्दै भौँतारिरहेका छन् ।


खुट्टामा चप्पल, निलो ज्याकेट र कालो व्याग सहित उनी घरबाट निस्किएका थिए । खेल्न भन्दै निस्किएको छोरो राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी दाङले बालकको खोजी तिव्र पारेपनि उनी दाङबाट काठमाडौंको गाडीमा चढेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।

गाडीका स्टाफहरुले ती बालक काठमाडौंको माछापोखरीमा ओर्लिएको जानकारी दिएका छन् ।
यो खबरपछि बाबु जिवराज छोरा खोजिदिन भन्दै उपत्यकाका तीनवटै प्रहरी कार्यालयमा धाइरहेका छन् ।

काठमाडौं जिल्ला प्रहरी र ललितपुर प्रहरीमा निवेदन दिइसकेका बाबु जिवराजले आफ्नो छोराको खोजी गरिदिन र छोरालाई कतै देखे खबर गरिदिन अपिल गरेका छन् ।

बालक रेग्मी तुलसीपुर-७ स्थित मेरीगोल्ड स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update