Public Pana
अमेरिकाको लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु

अमेरिकाको लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय  समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५ः३४ मा गोली चलेको हो।

प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीनजनालाई चोटपटक लागे पनि खतरामुक्त रहेको बताएको छ ।

लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई घरविहीन  व्यक्ति भएको उल्लेख गरेको छ ।


यसै बीच, एबिसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ ।

सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

ती तीनजना पीडितहरू फुटपाथमा एक्लै सुतिरहेका बताइएको छ ।आक्रमणकारी अझै फरार छन्।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update