Public Pana
फिल्म ‘मायाबी’ को सुटिङ 

दिवाकर भट्टराई निर्देशन रहेको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ ।


मुस्ताङ र पोखराका विभिन्न स्थान गरिएको फिल्मको सुटिङ पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा सकिएको हो।


फिल्मको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो। आज शनिबार फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरे।


भट्टराईकै लेखन रहेको यस फिल्ममा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको अभिनय छ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।


क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ। 


अब फिल्मको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताए।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update