एरिक्सनले २०२३ को अन्त्यसम्ममा पाँच मध्ये एक मोबाइल सब्सक्राइब फाइभजी हुने भविष्यवाणी गरेको छ ।
एरिक्सनको पछिल्लो मोबिलिटी रिपोर्टले २०२३ मा ६१ करोड नयाँ फाइभजी सदस्यताहरू हुने जनाएको छ, जसले मोबाइल बजारमा ५जी को हिस्सा २० प्रतिशतमा ल्याउने संकेत गर्दछ ।
नोभेम्बर २०२३ एरिक्सन मोबिलिटी रिपोर्टले फाइभजी सदस्यताहरू वार्षिक आधारमा ६३ प्रतिशतले वृद्धि हुने भविष्यवाणी गरेको छ ।
यसले विश्वव्यापी सदस्यताहरू १.६ अर्बमा धकेल्नेछ, जुन एरिक्सनको अघिल्लो पूर्वानुमान भन्दा लगभग १०० मिलियन बढी हो ।
यस्तै २०२३ र २०२९ को अन्त्य बीचको छ वर्षहरूमा, विश्वव्यापी फाइभजी सदस्यताहरू १.६ बिलियन बाट ५.३ बिलियनमा ३३० प्रतिशत भन्दा बढिले बढ्ने प्रक्षेपण गरिएको छ। ५जी कभरेज २०२३ को अन्त्य सम्म विश्व जनसंख्याको ४५ प्रतिशत भन्दा बढी र २०२९ को अन्त्यसम्ममा ८५ प्रतिशतमा उपलब्ध हुने प्रक्षेपण गरिएको छ।
“यस वर्ष विश्वव्यापी रूपमा ६०० मिलियन भन्दा बढी ५जी सदस्यताहरू थपिएको र हरेक क्षेत्रमा वृद्धि भएकोले यो स्पष्ट छ कि उच्च–परफरमेन्सयुक्त कनेक्टिभिटीको माग बलियो छ,” इरिक्सनका कार्यकारी उपाध्यक्ष र नेटवर्क प्रमुख फ्रेडरिक जेज्डलिङले भने।