Public Pana
मौसम  : आज मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

कोशी, गण्डकी  र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

भोली आइतबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 
आज विहान सुर्यौदय ६ बजेर ३७ मिनेटका साथै सुर्यास्त ५ बजेर ८ मिनेटम हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update