Public Pana
चाबहिलको एक घरमा  आगलागी 

काठमाडौँको चाबहिलमा आगलागी भएको छ । चाबहिलबाट गोपिकृष्णतर्फ जाने बाटोको एक घरमा आगलागी भएको हो । 

आगलागी नियन्त्रणमा आएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अम्बर बहादुर थापाले पब्लिक पानालाई जानकारी दिए ।

सो घरमा मादक पदार्थ (छ्याङ) बनाएर आगो निभाउन बिर्संदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी थापाले जनाएका छन् । 

‘बुवाको वर्षदिनको कामका लागि भनेर रक्सी पार्ने काम भइरहेको रहेछ, त्यहीँबाट आगो सल्केको हुनसक्छ,’ थापाले भने, ‘अहिले आगो नियन्त्रणमा ल्याइएको छ । घटनाबारे थप बुझ्दैछौँ।’

प्रहरीको टोलीले आजै शुक्रबार साँझ ६ बजे दमकलसहित पुगेर आगो नियन्त्रणमा लिएको थियो । 

fair1701438567.png


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update