Public Pana
बेलायति कम्पनीलाई ८०% शेयर बेच्दै आजियाटा बाहिरियो एनसेलबाट

मलेसियन कम्पनी एक्जियटा कम्पनीले आजियाटाले एनसेलमा लगानी गरेको ८० प्रतिशत शेयर बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको छ ।

 
एक्जियटाले नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ब्रिकी गर्ने सम्झौता गरेको हो । 


सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको शेयर सो कम्पनीलाई बेचिएको हो । 

सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने एक्जियाटाले नै पाउने सम्झौतामा उल्लेख छ । 

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । 


एक्जियटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। आजियाटा बाहिरिने भएपछि उसको शेयर सो कम्पनीले किनेको हो ।


एनसेल सेयर खरिद बिक्रीसम्बन्धी सम्झौतानुसार साढे ६ अर्बमध्ये करिब ६० करोड रुपैयाँ ६ महिनाभित्र दिनुपर्ने उल्लेख छ।


करछलीका लागि कौडीको भाउमा एनसेलको शेयर बिक्री गरेको आजियाटालाई आरोप लागेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update