Public Pana
काठमाडौंमा दुर्घटना, घाइतेलाई अस्पताल
पत्रकार उद्धव थापाले खिचेको तस्बिर

काठमाडौंमा एउटा कार र एउटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक घाइते भएका छन् ।

गए राति शङ्खमुलबाट बालकुमारी जाने पुलस्थित एउटै दिशाबाट एक सवारी साधानले अर्कोभन्दा अघि जान खोज्दा नजिकको खम्बामा ठोक्किएर कार र मोटरसाइकल जुधेका हुन् । 


घटनाबाट मोटरसाइकल चालक घाइते भएको र उनको उपचारका लागि सिभिल अस्पताल लगिएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार कार चालकलाई नियन्त्रणमा लिइएको छ । घाइतेको उपचारसँगै घटनाबारे अनुसन्धान सहित कारबाहि प्रकृया अघि बढ्ने छ । 

acci-11701428631.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update