Public Pana
मधेश प्रदेशले हात पार्यो केपी ओली कपको उपाधि

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा आज शुक्रबार सम्पन्न केपी ओली कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।


आर्मीलाई ११ रनले हराउँदै मधेशले पहिलो ऐतिहासिक उपाधि जितेको हो।


उपाधिसँगै मधेशले ५ लाख रुपैयाँ प्राप्त भएको छ। उपविजेता भएको आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
आर्मीका ओपनर सन्तोष कार्की १६ र कप्तान विनोद भण्डारी एलबीडब्लु धरापमा परे।


१३ बलमा ३ चौका हानेका कार्की १६ रन बनाउँदा प्रदीप पासवानको बलमा एलबीडब्लु धरापमा परे। ३० बलमा ५ चौका हानेका कप्तन भण्डारी ३२ रनमा आउट भए।


मधेशका हरिशंकर शाह एक्लैले चार विकेट लिए। उनले आफ्नो स्पेलमा १९ रन खर्चे।


प्रार्थिक यादव, प्रदीप पासवानले समान एक् विकेट आफ्नो नाममा गरे।


त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रनको योगफल तयार पारेको थियो।


मधेशका विशाल पटेल ४९ रनमा नटआउट रहे। ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। प्रदिप पासवान चार रनमा अविजित रहे। ओपनर तथा कप्तान हरिशंकर शाह २७ रनमा क्याच आउट भए। हिमांशु दत्ता १४ र विशाल सुस्लिङ १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।


आर्मीका लागि विवेक यादव र शाहब आलमले समान ३ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १ विकेट आफ्नो नाममा गरे।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update