Public Pana
गत महिना नोभेम्बरमा १ लाख ८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

नेपालमा गएको नोभेम्बर महिनामा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका हुन् ।


अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए । यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय २ जना पर्यटक नेपाल आएका थिए ।


सन् २०१९ को तुलनामा पर्यटक आगमन ८३ दशमलव ३६ प्रतिशतले पुनरुत्थान भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

यस वर्षको नोभेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट २४ हजार ४ सय ४३ जना आएका छन् ।


यस्तै,अमेरिकाबाट ११ हजार ४ सय ६१ जना र चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।   

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update