Public Pana
आजदेखी पेट्रोल, डिजेल र मट्टितेल केही सस्तो !

पेट्रोलियम पदार्थको आजदेखी केही घटेको छ ।  

नेपालमा एकाधिकार रुपमा पेट्रोलियम  पदार्थको बिक्रि वितरण गर्दै आइरहेको सरकारी स्वामित्वको नेपाल आयल निगमले आजदखी लागू हुने गरि पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। 

निगमले पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको छ । 
भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको विज्ञप्ती मार्फत जनाएको छ ।

लामो समय ऋणमा रहेको निगमले आफ्नो सम्पुर्ण बस्यौता रकम तिरेर ऋणमुक्त उपभोक्तालाई राहत दिने गरि अझैपनि निमगले मुल्य नघटाएको उपभोक्तावादीले दावी गर्दै आएका छन् । सरकारी स्वामित्वको संस्थाले नाफा खाएर जनतालाई इन्धन बिक्रि वितरण गर्नु अन्यायपुर्ण भएको उपभोक्तावादीको गुनासो छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update