Public Pana
मौसम  : कुनै प्रदेशमा हल्का वर्षा र कतै हिमपात 

आज शुक्रबार  दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै देशका  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

यो साताभर पश्चिमी वायुको आंशिक प्रभाव रहने महाशाखाले जनाएको छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साताको मध्य र अन्त्यमा एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने सम्भावना छ। देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update