Public Pana
मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी  आमाछोरीको मृत्यु, एकजना घाइते
सांकेतिक तस्बिर

मकवानपुरमा आज विहिबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् । 
दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका–२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 


मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको डिएसपी भण्डारीले बताए ।

 
उनका अनुसार सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजे गढी गाउँपालिका–२ धवाडीपुलमा सडकबाट अनियन्त्रित भई १०÷१२ मिटर तल खसेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update