Public Pana
हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट सेवा अनुमति पत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले गोरखा स्थित हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज गरेको छ ।


कम्पनीले इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र नविकरण गर्न नचाहेपछि स्वतः खारेज भएको हो। कम्पनी दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०७९ माघ १२ देखि स्वतः खारेज भएको जनाएको छ ।


यसका साथै त्यस कम्पनीले नियमानुसार तिर्न-बुझाउन पर्ने रकमका सम्बन्धमा सुचना जारी भएको मितिले ३० दिन भित्र कार्यालयमा सम्पर्क गरेर भुक्तानी गर्न भनेको छ ।

अन्यथा प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाईने सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update