Public Pana
आर्सनललाई सात अंकको अग्रता


आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ४–२ ले पराजित गर्दै आर्सनल म्यानचेस्टर सिटीभन्दा सात अंकको अघि रहेको हो । 
जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो । 
भ्रमणकारी टोली आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । यसैगरी बुकायो साका र इडवार्ड एन केटियाले एक एक गोल गरेका थिए । ब्राइटनका लागि काउरु मिटोमा र इभान फर्गुसनले समान एक गोल गरे । 
राति नै भएको खेलमा सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकियो । म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १–० ले पराजित ग-यो । यसैगरी फुलहमले साउथह्याम्पटन र क्रिस्टियल प्यालेसले  बर्थमाउथलाइ हरायो । 
 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update