Public Pana
बैतडी गएका एमाले अध्यक्ष ओली शहिद दशरथ चन्दको घर पुगे

बैतडीबाट मेची महाकाली पदयात्राको उद्घाटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता आज बैतडीस्थित शहिद दशरथ चन्दको जन्मघर पुगेका छन् । 


‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको मध्यपहाडी लोकमार्गको पदयात्रा शुभारम्भ गर्न बैतडी पुगेका ओलीले बस्कोटस्थित शहिद चन्दको जन्मघरमा गरेर शालिकमा माल्यार्पण गरेका हुन् ।


घरमा राखिएको आगन्तुक पुस्तिकामा एमाले नेताहरुले केही शब्द लेखि हस्ताक्षर गरेका छन् ।


हाल शहिद दशरथ चन्दको घरलाई पाहुना घरको रुपमा विकास गरिएको छ ।


बैतडीको झुलाघाटदेखि सुरु भएको दयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेर पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ ।


पदयात्राको टोली आज बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ र भोली डोटीको सिलगढी र मंसिर १६मा अछामको मंगलसेनमा बास बस्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update