Public Pana
इजरायल र हमासको युद्धविराम लम्बियो नेपाली युवा विपिन फिर्ता हुने आशा !

इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन् । 


इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताएको छ ।


दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो। तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १-१ दिन थप गर्दै लगिएको हो । 


यसबीच इजरायलले आफ्ना जेलमा रहेका केही प्यालेस्टिनी बन्दी तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरेका छन्। 


युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ ।
bipin joshi1700977710.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update