Public Pana
आज रास्वपाको उपसभापति भए डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गरेको छ ।

महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई उपसभापति बनाएको हो। 

पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।


उनलाई आजै पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको थियो।


उनी सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालपछिको वरीयतामा रहने भएका छन्। 

आजै गठन गरिएको केन्द्रीय सचिवालयमा उनलाई तेस्रो वरीयतामा राखिएको छ।


वाग्ले यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। गत संघीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका हुन्। रास्वपाबाटै उनले गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य जितेका हुन्।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update