Public Pana
कोशी प्रदेशको केपी ओली कपमा सान्त्वना जित

पोखरामा जारी केपी ओली कप टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित निकालेको छ ।


पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज (बुधबार) भएको समूह चरणको अन्तिम खेलमा कोशीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलोलाई ९ विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको हो ।


पहिले ब्याटिङ गरेको आयोजक नीलोले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो । एकेडेमीका लागि अर्जुन रायमाझीले सर्वाधिक २५ रन बनाए भने मेहुल श्रेष्ठ र अभय यादवले समान १०र१० रन जोडे ।

बलिङतर्फ कोशीका श्रवण यादवले ३ विकेट लिए । फिर्दोष अन्सारी र कमल खत्रीले २÷२, सोनु मण्डल, मनीष थापा र गौरव कटुवालले १-१ विकेट झारे ।


जवाफी ब्याटिङमा आएको कोशी ७ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा ग-यो । कोशीका सोनु अन्सरीले अविजित ३५ रन जोडे । कप्तान अंकित सुवेदीले १४ र मनीष थापाले १८ रनको योगदान दिए ।

बलिङतर्फ आयोजक नीलोका शुभम् खनालले १ विकेट मात्र लिए । आजको खेलमा प्लेयर अफ दी म्याच कोशीका श्रवण यादव भए ।


पोखरामा जारी केपी ओली कप टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण यसअघि नै पूरा भइसकेको छ । सेमिफाइनलमा आर्मी, बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) पुगेका छन् ।


भोली बिहीबार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबीच हुनेछ । बिहीबार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबीच हुनेछ । फाइनल खेल पर्सी शुक्रबार हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update