शेयर बजार
विजय लघुवित्तका लगानीकर्ताले नाफा कमाए

शेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ। नेप्से परिसूचक बुधबार १७.९३ अंकले घटेको हो । अन्य बाहेकका बाँकी १२ वटा उपसूमहले नेप्से परिसूचक १८७६.६० बिन्दुमा झारेका हुन् ।
उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य सर्किट लागेर घटेको छ ।
१९० कम्पनीको सेयर मूल्य घटेको दिन विजय लघुवित्तका लगानीकर्ताले भने ९.८८ प्रतिशत अर्थात प्रति कित्ता ५९.१० रुपैयाँका दरले कमाएका छन् ।
नेप्से तीन दिनमा ३१ अंकले घटेको छ। लगातारको गिरावटपछि कारोबार रकम १ अर्बमा झरेको छ ।
हिजो मंगलबार १ अर्ब २८ करोड रुपैयाँको कारोबार भएकोमा आज बुधबार १ अर्ब १ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
त्यसमध्ये सबैभन्दा धेरै ६ अर्ब २८ करोडको सेयर सोनापुर मिनरल्सको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० १६:३०
प्रतिक्रिया दिनुहोस्