Public Pana
रास्वपाले आफ्ना सबै सांसदलाई बनायो केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्।


महोत्तरीको जलेश्वरमा आज (बुधबार) बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।

पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए। उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ। 


पार्टीका उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए। बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update