Public Pana
भिम गौतम इप्पानको प्रमुख कार्यकारीमा नियुक्त

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् ।


ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।


इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रूपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उँचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।


इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उँचाइ दिन आफूले सतप्रतिशत योगदान दिने बताएका छन्।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update