Public Pana
नगरकोटीको ‘जोगियाना’ बजारमा

लेखनमा सधैं नयाँ प्रयोगहरु गरिराख्ने लेखक कुमार नगरकोटीको संस्मरण किताब ‘जोगियाना’ आजदेखि बजारमा आएको छ ।

आफ्नो लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीको यो किताब ललितपुरको पाटनमा लोकापर्ण भएको हो ।


पाटन दरबारको आँगनमा आयोजित नगरकोटी–उत्सवमा नगरकोटीले आफ्ना आधा दर्जन कविता र गीत सुनाए । संस्मरण लेखनको यात्रामा नगरकोटीलाई लेख्न प्रेरित गरी पत्रपत्रिकामार्फत पाठकमाझ पुयारउन सहयोग गरेका मित्रत्रय यज्ञश, दीपक सापकोटा र बसन्त बस्नेतले ‘जोगियाना’को लोकार्पण गरे । दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गरी सुनाए भने बसन्त बस्नेतले नगरकोटीको लेखनीबारे बोले ।


नगरकोटीका १९ वटा संस्मरणहरूको यस पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।


नाटक, सिनेमा, गीतसमेत लेखेका नगरकोटीका रचना २५ वर्षअघि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्ने समकालीन साहित्य, कविता जस्ता विशेषांकहरुमा छापिन थालेका थिए ।

अध्यापन छाडेर १३ वर्षअघि फुलटाइम लेखक भएका उनी आफ्नो रचनामा विभिन्न भाषा, संस्कृति र देश–देशावरका पात्रहरुका अनुभूति समेतलाई एकै समयरेखामा मिसाउँछन् ।

उनका मोक्षान्त काठमाडौं फिभर, मिस्टिका, फोसिल, अक्षरगन्ज, दोचा लगायत किताब पाठकहरुबीच प्रसिद्ध छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update