
आज पनि सुनको मूल्यले महंगिएर नयाँ रेकर्ड बनाएको छ ।
आज सुनको मूल्य १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि, तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँ कायम छ ।
हिजो मंगलबार सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
अस्ति सोमबार १ लाख १७ हजार ४०० मा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार १ लाख १६ हजार ९०० रुपैयाँ थियो ।
त्यसैगरि, हिजो मंगलबार १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार ५२० मा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २०४५.५४ डलरमा कारोबार हुँदा चाँदीको मूल्य प्रतिऔंस २४.९८ डलर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।