Public Pana
मंसिर १६ बाट ‘नेसन्स गट ट्यालेन्ट’ अडिसन 

गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि ‘नेसन्स गट ट्यालेन्ट’ रियालिटी शोज हुने भएको छ ।


नेसन्स गट ट्यालेन्टको आयोजक संस्था एएनपी मिडिया हाउसले उक्त रियालिटी शोजको घोषणा गरेको हो । 


एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेसन्स गट ट्यालेन्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपीवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिए । 


शोजले बालबालिकाका लागि गायन र नृत्य विधामा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने बताए ।  शोजमा  अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल तथा गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन् । 


चैतको पहिलो साताबाट प्रसारण गर्ने तयारी रहेको शोजका लागि मंसिर १६ गतेबाट काठमाडौंमा अडिसन सुरु हुनेछ । काठमाडौंलगायत देशका प्रमुख सहरमा अडिसन राखिने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update