Public Pana
विपीन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री साउद फेरी कतार जादै 

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । 


गाजामा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ गते कतार जान लागेका हुन् । 


यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 


जवाफमा कतारका विदेश राज्यमन्त्रीले विपीनको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । 


त्यसअघि मंसिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । 


परराष्ट्रमन्त्री साउदले आज बुधबार गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनले दोहा २१औँ फोरममा पनि सहभागी हुने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update