Public Pana
नक्कली भुटानी शरणार्थी प्रकरण   भाेली फैसला सुनाउने तयारी 


उच्च अदालत पाटनमा वहस चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी पक्षले वहस शुरु गरेको छ। 
पुनरावेदन पक्षको वहस सकिएपछि उच्च सरकारी बकिलहरुले वहस थालेका हुन् । सह न्यायाधीवक्ता शंकर खत्रीको नेतृत्वमा ५ जना सरकारी बकिलहरुले हिजो चिया समयपछि वहस शुरु गरेका थिए । उक्त वहस वुधवार पनि निरन्तर रहेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए । 
(मंगलबार) खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ। सोमबारबाट बहस सुरु गरेका रायमाझीका कानुन व्यवसायीले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन्। 
मंगलवार पूर्व  उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका तर्फवाट वहस भएको थियो ।  रायमाझीका तर्फको बहस सकिएसँगै अब ३ जना प्रतिवादीहरुको तर्फबाट वहस भएको थियो । रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी बकिलहरुले जवाफ दिन शुरु गरेका थिए । 
सरकारी पक्षको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि पुनरावेदन निवेदनको फैसला आउने छ।  
उच्च अदालतका अनुसार सरकारी पक्षको आज वहस सकिएमा भोली जवाफी वहस सकेर सम्भव भएसम्म निर्णय सुनाउने नत्र शुक्रवारसम्म सुनाउने तयारी गरेको छ। 
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौ रुपैयाँ ठगी गरेको पाइएपछि हाइप्रोफाइल व्यक्तिसहितलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो। 

गत असार १ गते काठमाडौं जिल्ला अदालतले टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा र अन्य सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 

जिल्लाको सोही आदेशविरुद्ध प्रतिवादीहरु उच्च गएका थिए। उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update